हुलाकी न्यूज, जनकपुरधाम : सिरहाको मिर्चैयामा एक निजी स्कुलको शुल्क समयमा तिर्न नसक्दा सिरहामा सिंगो परिवारमाथि नै कुटपिट भएको छ ।

मिर्चैया नगरपालिका १० बस्ने अशोक साहको परिवारमाथि कुटपिट भएको हो ।स्थानीय रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले अशोकको सिंगो परिवारमाथि नै शुल्कको लागि कुटपिट गरेका हुन् ।

कुटपिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली पनि साह घाइते भएका छन् ।कुटपिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली पनि साह घाइते भएका छन् ।यसमध्ये अशोक र उनकी छोरी सरिता गम्भीर छन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिनुका साथै टाउको पनि फुटेको छ । उनीहरू दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । अन्यको भने यहीँ उपचार भइरहेको छ ।

अशेकका तीन छोरी र एक छोरा गरी चार सन्तान छन् । जस मध्ये कान्छो छोरा नवीन सोही विद्यालयमा युकेजीमा पढ्दैछन् । विद्यालयको ५–६ हजार जति शुल्क तिर्न बाँकी छ ।

अशोकको मथिलेश्वर बजारमा पान पसल सञ्चालन गर्दै आएका छन् । सोमबार दिउँसो प्रिन्सिपल साह शुल्क माग्न पान पसलमै पुगेका थिए । अशोकले लकडाउनले आर्थिक समस्या रहेकाले शुल्क तिर्न नसकेको केहि समय मागे । तर प्रिन्सिपल साहले अहिले नै पैसा दिनुपर्छ भन्दै अपशब्द बोलेपछि गाली गर्न आग्रह गर्दा आफुहरुमाथि कुटपिट गरेको पीडित अशोकले पीडा सुनाए ।

अशोकमाथि कुटपिट भइरहेको देखेपछि छुटाउन गएका परिवारका अन्य सदस्यमाथि पनि प्रिन्सिपल साहले कुटपिट गरेका छन् ।यता, घटनापछि प्रिन्सिपल साह फरार भएका छन् भने उनको खोजीकार्य भइरहेको मिर्चैया प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.