हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् ।

स्थापनाकालदेखि नै अध्यापन गराउँदै आएका शिक्षकहरूले आफूहरुलाई आन्तरिक प्रक्रियाबाट करार गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन् । चार महिनादेखि आफूहरुलाई करारमा नियुक्त गर्न माग गरेपनि सुनुवाइ नहुँदा बाध्य भएर आन्दोलनमा उत्रेको शिक्षकहरुले बताए ।

पहिलो चरणको आन्दोलनअन्तर्गत निधारमा कालोपट्टी बाँधेर अनलाइन कक्षा लिइएको शिक्षक संघका उपाध्यक्ष शम्भू पोखरेलले बताए ।
साउन २९ गतेभित्र आफूहरूको माग पूरा नभए आन्दोलनलाई जारी राख्ने उनले चेतावनी समेत दिए । करार नियुक्त गरिएमा आफूहरूले धेरै समय दिन सक्ने र पठनपाठन राम्रो हुने पनि उनले बताए ।

२७ जनाको दरबन्दी खाली रहेको सो विश्वविद्यालयमा करारमा आफूहरूलाई नियुक्त गर्न आन्दोलनरत पक्षले माग गरेको छ । उपकुलपति भरत झा र रजिष्ट्रार महेन्द्र यादवको पदावधि अगामी पुससम्म मात्र छ । शिक्षकहरूले आफूहरू निजी क्याम्पस छाडेर सेवा गर्न आएको बताए ।

यस सम्बन्धमा क्याम्पस प्रमुख बिनोद कर्णले खास विषय पठनपाठनका लागि करारमा मात्रै शिक्षक राख्ने गरिएको बताउँदै करारमा शिक्षक नियुक्त गर्न आफूले नसक्ने र त्यो अधिकार केन्द्रीय कार्यालय कार्यकारिणी परिषदलाई भएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.