हुलाकी न्यूज, जनकपुरधाम : साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ।
आज नेप्सेमा आएको ०.६६ अंकको वृद्धिसँगै नेप्से परिसूचक ३१ सय ८ अंकमा पुगेको छ। आज १४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस्तै, आज २ करोड २९ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ।



