हुलाकी न्यूज, जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पिसिआर परिक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परिक्षणमा ४ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको छ ।देशभर हाल ३५ हजार ४ सय ८५ सक्रिय संक्रमित आइसोलेशन र ४ सय ७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७ सय ३४ पिसिआर र ३ लाख ५७ हजार ५ सय ९५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.