हुलाकी न्यूज, जनकपुरधाम : संयुक्त राष्ट्रसङ्घको आह्वानमा बि. स. २०५६ अर्थात् सन् १९९९ को अगस्ट १२ तारिखको दिन देखि “अन्तराष्ट्रिय युवा दिवस” विश्वभर मनाउन थालिएको हो। नेपालमा भने सन् २००४ देखि मात्रै अन्तराष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो ।

प्रतेक वर्ष अगस्ट १२ को दिन विभिन्न युवा सम्बन्धी नाराहरूका साथ अन्तराष्ट्रिय युवा दिवस मनाउने चलन रहेको छ। त्यस्तै धनुषा जील्ला मा सक्रिय संस्था जिल्ला युवा सञ्जाल धनुषाले बिगत ५ बर्ष देखी निरन्तर बिभिन्न संघ संस्थाहरु संग सहकार्य गरेर बिभिन्न कार्यक्रम गरी युवा दिवस मनाउदै आएका छन आज मिति  २०७८/०४/२३  गते शनिबार को दिन जिल्लायुवा सञ्जाल धनुषाको अगुवाइमा नेपाल पत्रकार महासंघको सभाहलमा धनुषा जील्लामा सक्रिय संघ संस्थाहरुको प्रतिनिधिहरुको समन्वय बैठक ले यही आउदो २०७८ /०४/२८गते अन्तराष्ट्रिय युवा दिवस मनाउन का लागी तीन दिबसीय कार्यक्रमहरु सार्वजनिक गरेका छन।

कार्यक्रमहरुको नाम यस प्रकारको छ  * २०७८/०४/२८ गते कोभिड सचेतना प्रदर्शनी र साझमा दिप प्रज्वलीत गरी २ ओटा महीला उधमी लाइ आर्थिक सहयोग गर्ने।

* २०७८/०४/२९ गते शुक्रबार ट्राफिक सचेतना संगै नेपाल सरकारको मास्क लगाउ अभियानलाइ सहयोग गर्ने २०७८/०४/३० गते शनिबार रक्तदान कार्यक्रम गरी रेडियो मा युवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी मनाउने छन्।

तीन दिबसीय कार्यक्रमहरु सहकार्यसंस्थाहरु ओरेक नेपाल, इन्सेक, उन्नत नेपाल, whrd, मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, जि. ट्राफिक कार्यालय धनुषा ,जानकी एफ एम ,नील हीरा समाज, माण्डवी, एमनेस्टी इन्टरनेशनल, महिलासमुह ५७,र नेपाल हृदय फाउन्डेसन लगायत सँथाहरु रहेका छन्। सञ्जालका महासचिव कुलदिप साह मधेशीको अनुसार यो कार्यक्रम कोरोनाको तेश्रो लहरको मुखमा रहेकोले केही कार्यक्रमहरु पोष्टपेन्ड गरेको छन् र युवाको क्षेत्रमा काम गर्न सक्रिय संस्थाहरुको साझा कार्यक्रम हो यसकार्यक्रम संग सहमत अरु छुटिएका संघसंस्था संग पनी सहकार्य गर्न इच्छुक छौ रहेको बताउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.