हुलाकी न्यूज, जनकपुरधाम : भाइरल ज्वरोको प्रकोप बढेसंगै जनकपुरधामको अस्पताल क्षेत्रमा विरामी र कुरुवाहरुको भिडभाड बढेका छन चिकित्सकका अनुसार इन्फलुन्जा ए भाइरसको संक्रमण अहिले सम्मकै उच्च समेत रहेको छ ।

कोरोनाको त्राशसंगै भाइरल ज्वरोको प्रकोपका कारण जनकपुरधाम सहित यस क्षेत्रका स्थानिय तनावमा परेका छन् ।

धनुषाको ग्रामिनक्षेत्र देखि शहरीक्षेत्रमा समेत इन्फलुन्जा ए भाइरसको संक्रमण बढदै जाँदा स्थानियमा कोरोनाको तेस्रो लहर त आएको होइन भन्ने तनाव बढेको छ भने जनकपुरधामको अस्पताल क्षेत्रमा भिडभाड वृद्धिहुँदै देखिन्छ ।

जनकपुरधामका औषधी व्यवसायीहरुका अनुसार भाइरल ज्वरो र कोरोनाको लक्ष्णहरु मिल्दो जुल्दो भएकाले समेत ज्वरो आउने वितिकै डराएर विरामीहरु जनकपुरधाम उपचारका लागि आउने गरेकाले भिडभाड बढेर कोरोना संक्रमणको जोखिम समेत बढेको बताउछन् ।

यसै गरि जनकपुरधामको प्रादेशिक अस्पतालमा दैनिक १५ देखि २० जना ज्वरोका नयाँ विरामी आउन थालेका छन भने त्यस्ता विरामीहरुको लक्ष्ण अनुसार साधारण र कोभिड वार्डमा राखेर जाँच भइरहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद यादवले बताउनुभएको छ ।

जनकपुरधामका चिकित्सक डा. रमण मिश्रका अनुसार यस वर्ष अहिले सम्मकै सर्वाधिक इन्फलुन्जा ए भाइरसको संक्रमण देखिएकाले सबै ज्वरो कोरोना नै होइनन र ज्वरो आउने वितिकै एन्टिबायटिकको सेवनले पछि स्वास्थ्यमा अर्को नराम्रो असर पर्ने भएकाले ज्वरो आएपनि स्वाद, सुगन्धहरु नगएको खण्डमा नआतिन उनीहरु आग्रह समेत गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.