हुलाकी न्यूज, जनकपुरधाम : एनआईसी एसिया बैंकको टुसाल बौद्धस्थित एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जना पक्राउ गरेको हो।
सिन्धुपाल्चोकको मेलम्ची–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई बुधबार राति करिब साढे १ बजे प्रहरीले पक्राउ गरेको हो। घट्नामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।