हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको मृत्यु घटनाको साता दिन नवित्दै सप्तरीमा फेरी अर्को दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ ।

सप्तरीको खडक नगरपालिका वडा न.–३ गरुराहा टाेलमा आज विहान स्थानीय मुक्ति रामको २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएको हो ।

घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएको छ । हिजो साँझ नै घरबाट निस्किेका श्यामसुन्दर रातभरि नआएको र विहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताएका छन् ।

यता श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दावी गरेका छन् ।

परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरे । यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले शव पोष्टमार्टमकालागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताउनुभयाे ।

‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मन्दिर सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, यद्यपी पोष्टमार्टम रिर्पोट आएसँगै सोही अनुसार अनुसन्धान अघि बढाउँछौं’, उहाले भन्नुभयाे ।

मृतक श्यामसुन्दरका पत्नी र अढाइ वर्षीया छोरी छन् । यता मृतक युवककाे शव हाल पाेष्टमाटसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.