हुलाकी न्यूज, जनकपुरधाम : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सरकारी वार्ता टोली र संघर्ष समितिबीच भएको सहमतिअनुसार बीपी प्रतिष्ठानको ऐनअनुसार चारै जना पदाधिकारीलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया सुरु गरिने उल्लेख छ ।

सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् ।

आन्दोलनकारीहरुले प्रतिष्ठानका पदाधिकारी अनियमिततामा मुछिएको भन्दै हटाउन माग गर्दै आएका थिए । वार्ताका लागि सरकारले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

हेर्नुहोस् सहमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.