हुलाकी न्यूज, जनकपुरधाम : कैलालीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरीशकुमार शाहीको कार्यालय परिसरमै शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ कार्यालय परिसरमा जमेको पानीमा घोप्टो परेको अवस्थामा बुधबार बिहान साढे ५ बजे शाहीको शव फेला परेको थियो । शाहीको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ हो ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी प्रतीक बिष्टले भनेका छन्। उनका अनुसार शव पोस्टमार्टमका लागि सेती अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.