हुलाकी न्यूज, जनकपुरधाम : नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले पूर्वमन्त्री रामचन्द्र झाले आफूहरूमाथि दुव्यर्वहार गरेको आरोप लगाएका छन् ।

केही कार्यकर्तासहित मंगलबार कम्पनीको जनकपुरस्थित कार्यालयमा पुगेका झाले आफूहरूलाई अपशब्द बोली हातपात प्रयास गरेको कर्मचारीहरूको आरोप छ । १२ जना कर्मचारीहरूले कम्पनीका कार्यालय प्रमुखलाई संयुक्त निवेदन दिँदै आफूहरूलाई दुर्व्यवहार गर्ने झासहित सबैमाथि कारबाही माग गरेका छन् ।

झाले ‘यहाँको कर्मचारी को हो ? कसरी जनकपुरमा रेल चलाउँदो रहेछ’ भनेर धम्क्याएको कर्मचारीहरूले पेश गरेको निवेदनमा उल्लेख छ ।

यसैबीच, कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल चलाउन तयारी गरेको मन नपरेर तमासा गरिएको भन्दै यसको परिणाम गम्भीर हुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले आफ्ना कर्मचारीलाई एक मुक्का हान्नेलाई १० मुक्काले जवाफ दिने ताकत आफूसँग रहेको चेतावनी दिएका छन् । उनले झालाई नेपाल ‘नव-आतंककारी’ को संज्ञा पनि दिएका छन् ।

भट्टराईले फेसबुकमा लेखेका छन्, ‘माओवादी आतंक शुरू भइसक्यो । पूर्वमन्त्री तथा पूर्वमाओवादी सांसद रामचन्द्र झा (नव-आतंककारी)ले रेल्वेमा आफ्नो पार्टीको मान्छे भर्ना नगरे रेल चल्न दिन्नँ, चलाए कुटपिट गर्छु भनेर धम्की दिएर हिँडे ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.