हुलाकी न्यूज, जनकपुरधाम : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ २३३ नेपाली सेनाको टोली मंगलबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।

सुडानमा तैनाथ कालीध्वज गण १० औं डफ्फालाई बदली गर्नका लागि प्रमुख सेनानी शिखर जबराको नेतृत्वमा नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।

दक्षिण सुडानमा खटिएका नेपाली सैनिकको टोली नेपाल फर्कने तयारीमा छन् । बुधबार पहिलो फ्लाइट, भदौ ९ गते दोश्रो फ्लाइट र ३० गते अन्तिम फ्लाइटमार्फत् टोली नेपाल फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.