हुलाकी न्यूज, जनकपुरधाम : धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरा टोल बस्ने ५५ वर्षीय विजय बनरैत यादवको घरमा डकैती भएको छ ।
१७-१८ जनाको संख्यामा मुख छोपेर आएका डाकाँहरुको समूहले यादवको कञ्चटमा पेस्तोल राखेर लुटपाट गरेका छन् ।घरमा लुटपाटको क्रममा डाँका समूहले यादवको कान्छो छोरा १६ वर्षीय अनिल यादव, ज्वाई ३० वर्षीय मञ्जय यादव र छोरी २६ वर्षीया कामनी यादवलाई कुटपिट समेत गरेको छन्।
डाँकाले यादवको छोरी २५ वर्षीया कामनीलाई रड प्रहार गरेर टाउको फुटाइऐका छन् भने ज्वाई मञ्जयलाई रडले कुटेको छ । उनीहरुको स्थानीय स्तरमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
राति करिव १/२ बजेको समयमा हातहतियारसहित आएको डाकाँले यादवको घरबाट २ तोला सुन, ६० तोला चाँदीको कारा र ३ थान मोबाइल सेट लुटेर पीडित यादवले बताएका छन् । यसैगरि डकैती भएको घरमा विहान पुगेको ईलाका प्रहरी कार्यालय ढल्केवरको टोलीले डाँका समूहको खोजी भईरहेको बताएका छन्।