हुलाकी न्यूज, जनकपुरधाम :  जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिटको पेसी तोकिएको हो। रिटमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।

आयोगको निर्णयविरुद्ध यसअघि पनि रिट दायर गरेका ठाकुरको दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.