हुलाकी न्यूज, जनकपुरधाम : सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट सहित चोरलाई पक्राउ गरिएको छ।आइतबार साँझ करिब ७ः१५ बजेतिर मन्दिरबाट भगबतीको चाँदीको मुकुट चोरी भएको थियो ।
घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो । खोजविनको लागि सप्तरीको सीमानाकाहरु बन्द गरिएको थियो ।
खोजतलासको क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका ५ बस्ने राजेश कुमार मण्डल छन् भने उनलाई सोमाबार बिहान प्रहरीले पक्रपाउ गरिएको छ। प्रहरीले चोरलाई थपहिरासतमा राखी अनुसन्धन गरिरहेको छन्।