हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा नौ हजार ८७५ जना संक्रमितले ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर एक दशमलव ४२ प्रतिशत रहेको छ। मृत्यु हुनेमध्ये सबैभन्दा बढी ६० वर्षमाथिका उमेर समूहका छन्। नेपालमा कुल संक्रमितको संख्या सात ५९ हजार ३०७ रहेको मन्त्रालयले जनाएको छ।



