हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीको समयमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि भएको पाइएको छ।

नेपाल प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ घरेलु हिंसाको घटनामा २१.२४ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०७७/७८मा देशभर कुल १४ हजार २३२ वटा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी प्रहरीले दिएको छ। अघिल्लो वर्ष संख्या ११ हजार ७३८ रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.