हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३८४० जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।उनका अनुसार अहिले पछिल्लो समयमा कोरोना संक्रमणको अवस्था व्यापकरुपमा बढेको छ । अहिले २४ प्रतिशतसम्म कोरोना संक्रमित देखिएको उनले जानकारी दिएका हुन् ।