हुलाकी न्यूज, जनकपुरधाम : राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले संवैधानिक ठगी गरेको भन्दै अहिले सजाय पाएका बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले सो ठगीको सजाय मात्रै दिएको भन्दै ओलीले भन्दै आएको“मार्गप्रशस्त”शब्द संविधानले नचिन्ने जिकिर गरे। अदालतको परमादेशपछि राष्ट्रपतिले नियुक्त गरी जनप्रतिनिधिहरुले विश्वासको मत पनि दिइसकेकाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको भन्न नमिल्ने उनको भनाई थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.