हुलाकी न्यूज, जनकपुरधाम : हतियार देखाइ डकैती तथा लुटपाटमा संलग्न रहेका एक कुख्यात डाँका पक्राउ परेका गरिएको छ ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ४ ठाडी बस्ने वर्ष ४० का चन्दन पासवान रहेका छन् ।खोजतलास गर्ने क्रममा पासवानलाई मंगलबार साँझ ५ बजेको समयमा घरमा लुकिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटेको सादा पोशाकक प्रहरी, इलाका प्रहरी कार्यालय खजुरी, प्रहरीचोकी ठाडीझिझाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहान सिरहामा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन्।

प्रहरीका अनुसार पासवानसहितको समूहले ७ बजे साँझ ३० चैत २०७७ को दिन सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती तथा लुटपाट गरेका थिए ।

राजशको घरमा उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटपाट गरि फरार रहेका डाकाँ मध्ये पासवाना समेत रहेको जनाइएका छन् ।

यस्तै २०६७।०४।२९ गते जिल्ला रुपन्देहीको चिल्हिया गाविस वार्ड नं. ६ स्थित फतेसिहं राणा र उत्तमकुमार क्षेष्ठको घरमा समेत डकैती गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको भनाइ छ ।यस्तै महोत्तरी जिल्लाको विभिन्न स्थानमा डकैती तथा लुटपाट गरेको घटनामा समेत पासवानमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत डाँका मुद्दा दर्ता रहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.