हुलाकी न्यूज, जनकपुरधाम : जनकपुर विमानस्थलबाट वन्यजन्तुको छालासहित एक यात्रु पक्राउ गरेका छन्। पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामा रहेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित विमानस्थलबाट लामालाई वन्यजन्तु सुनगोहरोको जस्तो देखिने दुई थान छालासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् । जनकपुरबाट काठमाडौं जान लागेका लामालाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ भने  प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र छाला फेला पारेपछि उनलाई पक्राउ गरेको थियो। लामालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जानकारीदिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.