हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो चरणमा तीनजना प्रदेश प्रमुख हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रदेश प्रदेश २ प्रमुख राजेश झा अहिराज, लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ ।

स्रोतका अनुसार उनीहरुलाई आजभोलि मै हटाउने तयारी भइरहेको छ ।ओली सरकारले प्रदेश २ मा तत्कालीन प्रमुख तिलक परियारलाई हटाएर डा. राजेश अहिराज, गण्डकीमा अमिक शेरचनलाई हटाएर सीता पौडेललाई र लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो ।पाँचदलीय गठबन्धनको भागबण्डको आधारमा प्रदेश प्रमुख फेर्ने तयारी रहेको श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.