हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३४ सय २१ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआरमार्फत १२ हजार २४० जना र एन्टीजेनमार्फत पाँच हजार ३२ जना गरी कुल १७ हजार २७२ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन्। सोसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट आज २५ जनाको मृत्यु भएको छ। आइतबार १६ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ७३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना निको भएका छन्। आइतबार दुई हजार ५० जना निको भएका थिए। सक्रिय संक्रमितको संख्या पनि बढेर २७ हजार ९०८ पुगेको छ।