हुलाकी न्यूज, जनकपुरधाम : परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले कोरोना महामारीबीच गत आर्थिकमा ३ लाख ४९ हजार १७५ थान मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी)जारी गरेको छ।

योसँगै नेपालमा हालसम्म ६७ लाख ७९ हजार ४५८ थानभन्दा बढी एमआरपी जारी भएको छ।२०६७ पुस ११ गतेबाट नेपालले एमआरपी जारी गर्न सुरु गरेको हो।

अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष करिब २ लाख ८० हजार नेपाली विदेश गएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.