हुलाकी न्यूज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चाँडै नै सरकारमा सहभागी हुने बताएका छन्।

हेडकाउण्टका लागि निर्वाचन आयोग पुगेका यादवले सञ्चारकर्मीसँग भने, ‘हामी सत्ता साझेदार हौँ, हाम्रै सरकार त हो, चाँडै नै सहभागी हुन्छौं।’

कारागारमा रहेका रेसम चौधरीलाई सत्ताको शक्ति प्रयोग गरेर सनाखतका लागि आयोग ल्याइएको हो? भन्ने प्रश्नमा यादवले भने, ‘उहाँकै इच्छाले आउनुभएको हो, उहाँलाई नै सोध्दा हुन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.