जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीले पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरेपछि मात्र कुन पक्षमा हस्ताक्षर गर्ने टुङ्गोमा पुग्ने बताउनुभएको छ ।

निर्वाचन आयोगले आज सोमबार गरेको सो पार्टीको कार्यकारणी समिति सदस्यहरुको ‘हेड काउन्ट’का लागि सांसद चौधरी दिउँसो २ः२० बजे आयोग पुग्नुभएको हो । निर्वाचन आयोग पुग्नुभएपछि मिडियाले उहाँसँग प्रतिक्रिया लिन खोज्दा उहाँले आफ्नो मुद्दा सम्बोधन गर्ने पक्षलाई मतदान दिने बताउनुभयो ।

“टीकापुर घटना र मुद्दाका विषयमा हाम्रो पार्टी नेतृत्वले के गरिरहेको छ, त्यसबारे दुवै पक्षका शीर्ष नेताहरुसँग छलफल गर्छु, उहाँहरुको विचार सुनेपछि मात्र कुन पक्षमा हस्ताक्षर गर्ने निक्र्यौल गर्छु” उहाँले भन्नुभयो । आयोग भित्र कार्यकारणी समिति सदस्य चौधरीले नेता उपेन्द्र यादव तथा अर्का अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै छलफल गर्ने बताउनुभयो ।

कुल ५१ सदस्यीय कार्यकारणी समितिमध्ये आयोगमा पुगेर सो पार्टीका सदस्यमध्ये ३४ जनाले अध्यक्ष यादव पक्षमा हस्ताक्षर गर्नुभएको छ । त्यस्तै १६ जना अध्यक्ष ठाकुर पक्षमा हस्ताक्षर गर्नुभएको आयोगले जनाएको छ । कार्यकारिणी सदस्य चौधरी सनाखत गर्ने अन्तिम नेता रहनुभएकाले उहाँले उपेन्द्र पक्षमा हस्ताक्षर गरे ३५ संख्या पुग्नेछ । ठाकुर पक्षमा हस्ताक्षर गरे १७ जना पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.