हुलाकी न्यूज, जनकपुरधाम : चीनसँग नेपालको व्यापार घाटा बढ्दै गएको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले चीनसँग २ खर्ब ३२ अर्ब ९० करोड ७० लाख ३ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको छ।
अघिल्लो आर्थिक वर्षमा १ खर्ब ८० अर्ब ७२ करोड ९१ लाख २७ हजार रुपैयाँ व्यापार घाटा थियो।एक वर्षमा चीनसँगको व्यापार घाटा ५२ अर्ब १७ करोड ७८ लाख ७६ हजारले बढेको हो।



