हुलाकी न्यूज , जनकपुरधाम : धनुषामा विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टी लक्ष्मीनिया गाउँपालिका ७ कुम्हारौला वडा संयोजक इसराफुल राईनको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।
पार्टीमा प्रवेश गर्नेमा जनता समाजवादी पार्टी नेपाल ,नेकपा एमाले ,नेकपा माओबादी र कांग्रेसका नेता तथा कार्यकर्ता छन् ।
नव प्रवेशी नेता तथा कार्यकर्तालाई जनमत पार्टीका केन्द्रिय सचिव अनिता साह र केन्द्रीय सदस्य इन्द्रजित यादवले टिकाई र फुलमाल लगाइ पार्टी प्रवेश गराएको हो ।
महेश झा ,दिपेन्द्र झा ,मोहन साह ,दिनेश साह ,संजिला खातुन ,राजीना खातुन ,राम एकवाल मण्डल ,ज्योति साह ,राजु मण्डल ,वकिल झा ,उदय कान्त झा ,राजेश झासहित २ सय जना भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव अनिता साह ,केन्द्रीय सदस्य इन्द्रजित यादव ,धनुषा जिल्ला अध्यक्ष ओम बिक्रम कुशवाहा ,जिल्ला उपाध्यक्ष उपेन्द्र रोहिता,जिल्ला सदस्य चंद्रजिप यादवसहितका पार्टीका नेताहरुले शुभकामाना मन्तव्य राखेको थियो ।



