हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर दुई हजार दुई सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार पाँच सय ६९ जनाको पीसीआर र तीन हजार दुई सय ६५ जनाको एन्टिजेन गरी १३ हजार आठ सय ३४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको १६ प्रतिशतभन्दा केही बढी हो । हिजो शनिवारको तुलनामा आज सङ्क्रमणदर केही घटेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३४ हजार सात सय ९९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।

थप १८ जनाकाे कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय १३ जना पुगेको छ ।

अहिले नेपालमा २७ हजार दुई सय २८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६६ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.