हुलाकी न्यूज, जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरेर, बिगारेर टिकटक बनाउने एक जना पक्राउ परेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर टिकटकमा पोस्ट गरी चरित्र हत्या गर्ने झापाको मेचीनगर नगरपालिका ६ का सोमप्रसाद घिमिरेलाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.