हुलाकी न्यूज , काठमाडौं : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको कार्यकारिणी समिति बैठक बस्ने भएको छ।

महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आज अपराह्न ५ बजेका लागि बैठक बोलाएको जसपा ठाकुर पक्षका नेताहरुले बताएका छन् ।

पार्टीभित्रको विवादबारे निर्णय गर्न निर्वाचन आयोगले सबै कार्यकारिणी सदस्यलाई उपस्थित हुन भनेसँगै सो पक्षको बैठक बस्न लागेको हो।

निर्वाचन आयोगले दुबै पक्षका कार्यकारिणी सदस्यलाई भोलि बिहान ११ बजे नागरिकतासहित निर्वाचन आयोगमा उपस्तिथ हुन निर्देशन दिएको छ ।

कुल ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले आफूसँग ३२ जना कार्यकारिणी सदस्य भएको बताउँदै आएको छ ।

पार्टीको आधिकारिकता यादवरभट्टराई पक्षमा जाने देखेपछि ठाकुर पक्ष निर्वाचन आयोगको कदम रोक्न माग गर्दै सर्वोच्चमा गएको छ । सो विषयमा छलफल गर्नका लागि यादव पक्षीय कार्यकारिणी बैठक हिजो बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.