हुलाकी न्यूज, जनकपुरधाम : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन्।
“महाराजधिराजले आममाफी दिनुभएछ, हामी खुसीले गदगद भयौं, वाह वाह वाह!”, ओलीप्रति कटाक्ष गर्दै नेपालले भने। शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालले थपे– “स्पष्टीकरण लिएर गल्ती गरेछु भनी फिर्ता लिएको भए ओलीको हाइट घट्थ्यो र?”उनले अध्यक्ष ओली अझै परिवर्तन नभएको आरोप लगाए।