हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ। बितेको चौबिस घण्टामा देशभर १७ हजार ३०८ जनाको जनाको कोरोना परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये १७.२० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख ३० हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।