हुलाकी न्यूज, जनकपुरधाम : नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा भदौ १९ गतेदेखि सुरु हुने भएको छ।

काउन्सिलले साउन १०गतेदेखि भदौ ७गतेसम्म परीक्षाको लागि अनलाइन फारम भर्नुपर्ने बताएको छ र सोपछि भदौ ८ गतेदेखि भदौ१३गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न पाइनेछ।

पिसिएल वा बिएस्सी नर्सिङ र ब्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थीहरुले मात्र लाईसेन्स प्रमाणपत्रका लागि नाम दर्ता गराउन सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.