हुलाकी न्यूज, जनकपुरधाम : हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन भएको छ ।
विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानका कार्यकर्ताले जनकपुरको जनक चोकमा प्रदर्शन गरेकाे हो । प्रदर्शनका क्रममा भट्टराईको पुत्लासमेत जलाइएको थियो ।
डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा असन्तुष्ट बनेका जसपा विद्यार्थी संगठन वीरगन्जका ११ जनाले हिजो नै राजीनामा दिएका थिए ।भट्टराईले सामाजिक सञ्जलमार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।



