हुलाकी न्यूज, जनकपुरधाम : ब्लड फर नेपालले आफ्नो तेस्रो स्थापना दिवस भव्यताका साथ मनाएका छन्।
रक्तदाताहरुलाई सम्मान एवं प्रशंसा पत्र प्रदान गर्नुका साथै जनकपुरधामस्थित जानकी वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरी स्थापना दिवस मनाइएको छ ।
ब्लड फर नेपाल धनुषाका संयोजक अभिनास सिंह राजपुतको अध्यक्षता तथा प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा गत बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा २ सय नियमित रक्तदाताहरुलाई संस्थाद्वारा सम्मान समेत गरिएको छ ।
संस्थाका संयोजक अभिनास सिंह राजपुतले आफ्नो पद हस्तान्तरण समेत गरेका छन् । संस्थाको नयाँ कार्यकालका लागि नियुक्त भएका धनुषा संयोजकमा निर्जला तिमिल्सिना र सह-संयोजक बलराम गुप्तालाई पद हस्तान्तरण गरिएको हो । कार्यक्रमको संयोजन ब्लड फर नेपालका सदस्य ऋषिकेश झाले गरेका थिए । कार्यक्रम आयोजनामा संस्थाका सक्रिय सदस्यहरु मो.सरताज, कैयुम राइन, रश्मि कर्ण, अमृत यादव, मृत्युन्जय गुप्ता, दिपक गुप्ता, सितेश झा, अब्दुल करिमलगायतकाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रदेश प्रहरी प्रमुख उमेश रंजितकार, पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, उपाध्यक्ष अम्भु प्रसाद साह, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, रेडक्रसका अध्यक्ष नरेश सिंह, बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, तरुण दलका उपाध्यक्ष राकेश बिक्रम साह, वडा नम्बर-७ का वडाध्यक्ष जानकी राम साह,जसपा नेता प्रमोद यादव,डा. सज्जन ठाकुर, ब्लड फर नेपालका केन्द्रिय उपाध्यक्ष सुनिल महर्जन, समाजसेवी अमरचन्द्र अनिललगायतकाहरुको उपस्थिति रहेका थिए।