हुलाकी न्यूज, जनकपुरधाम : राष्ट्रिय मुस्लिम आयोगले घरमै बसेर बकर इद मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिति मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताए । देशवासीको स्वास्थ्य सुरक्षाका लागि यो कदम चालिएको उनको भनाई छ ।

मुस्लिम धर्मावलम्वीको मुख्य पर्व बकर इद बुधबार परेको छ । सरकारले बकर इदको अवसरमा सार्वजनिक विदा समेत दिने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.