तस्बिर साभार : प्रम देउवाकाे फेसबुक

हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गर्नु भएको छ ।

यसै क्रममा प्रधानमन्त्री देउवाले साेमबार काठमाडौंका विभिन्न खाेप केन्द्रहरुमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरी रहनु भएको छ । उहाँले आजै विहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीस्थित खोप केन्द्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताउनु भएको थियो ।

जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले एक मात्रा मात्र लगाए पुग्ने खोप हो । यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.