हुलाकी न्यूज, जनकपुरधाम : आज साउन महिनाको पहिलो सोमबारी विभिन् शिवालयमा  पूजा-आज गरिँदै छ। जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथको  महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, लगायतको शिवालयहरुमा पूजा-आज गर्ने भक्तजनहरुको ठुलो घुइँचो लागेको छ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।

के छ महत्व …?

धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार साउन महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ । साउन महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले साउन महिनामा शिव भगवानको पुजा आराधना गरिन्छ ।साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।साउन महिनामा सेमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ ।

किन  लगाइन्छ साउन महिनामा रातो, हरियो र पहेँलो वस्त्र र चुरा पोतेहरू.. ?

भगवान शिवलाई हरियो, रातो र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङ्गका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन् । हरियो रङ्गलाइ सौभाग्यको रङ्ग पनि भनिन्छ ।श्रावण महिना हरियालीको महिना र प्रकृतिसँग आफुलाई जोड्ने महिना रहेकाले हरियो रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.