हुलाकी न्यूज, जनकपुरधाम : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट सरकार ढालेर नेपाली कांग्रेसलाई सरकार सुम्पदा भित्रैदेखि खुसी नलागेको बताएका छन्।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट सरकार अलोकतान्त्रिक,जनविरोधी र संविधान विरोधी बाटोमा हिड्न थालेपछि बाध्यताले विकल्प खोज्नु परेको बताए। नामले मात्रै कांग्रेस–कम्युनिष्ट नहुने,मुख्यकुरा विचार र व्यवहार भएको भन्दै संविधान,लोकतन्त्र र जनभावनाको रक्षा गर्न पछिल्लो निर्णय लिइएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.