हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ। १ मत तटस्थ रहेको छ। प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, एमाले माधव समूह, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए।

एमाले संस्थापन समूहकै केही सांसदले देउवाको पक्षमा मतदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.