हुलाकी न्यूज, जनकपुरधाम : नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य दिननाथ शर्माले अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

उनले आज राष्ट्रिय सभाको नवौँ अधिवेशनमा बोल्दै सर्वोच्च अदालतले संविधानको राम्रोसँग व्याख्या गरेको बताएका छन्। संविधान निर्माण हुँदा छुटेका विषयहरूलाई अदालतले ठाउँमा ल्याएको उनले बताए।

नेपालको संविधानलाई बेलायती मोडेलको व्यवस्था भनिए पनि सर्वोच्चले यसलाई आफ्नै व्यवस्था भनेर व्याख्या गरेकाले यो दस्ताबेजलाई सबैले आत्मसात् गरेर जानुपर्ने उनले बताउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.