हुलाकी न्यूज, जनकपुरधाम : नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनाको घोषणा गरेका छन्। उनले संसद बैठकअघि पत्रकारहरुमाझ राजिनामा पत्र पढेर सुनाएका थिए।

राजनीतिक दलका उच्च तहका नेतामा स्वेच्छाचारी बढेकाले जनतामा चरम नैरास्यता देखिएको लगायतका आरोप लगाउँदै उनले सभामुखसमक्ष राजिनामा पत्र बुझाएका हुन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.