हुलाकी न्यूज, जनकपुरधाम :भारतको जयनगरबाट धनुषाको कुर्था स्टेशनसम्मको ३५ किलोमिटरको दूरीमा प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल्वे ट्रयाकको परीक्षण गरिएको छ । परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो ।

रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभएको छ। उनले भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गरिएको बताए । महाप्रबन्धक भट्टराईले ट्रयाकको स्थितीबारे जानकारी लिन आज स्पिड टेस्ट गरिएको र यो एउटा फर्मल प्रक्रिया मात्र रहेको जानकारी दिएका हुन् ।

 

नयाँ ट्रयाकको संरचना बनेपछि रेल सञ्चालन पूर्व ट्रयाको स्थिती के छ …? यो सुरक्षित छ कि छैन्…. ? केही गडबडी छ कि …? भन्ने कुरा टेस्ट गुर्नुपर्ने भएकोले सोही अनुरुप आज ट्रयाकको परीक्षण गरिएको छ।

उनले भारतिय पक्षले रेल सञ्चालन गर्नका लागि ट्रयाक सुरक्षित रहेको कुरा प्रमाणित गरेपछि नेपाल सरकारले सञ्चालनका बाँकी प्रक्रियाहरु सुरु गर्ने र भारत सरकारसँग समन्वय गरेर रेल हस्तान्तरण गर्नुपर्ने भएकोले त्यो काम पनि चाँडै गरिने बताउनुभएको छ।

 

उनले भने,‘ हामी पूर्ण रुपले तयारी अवस्थामा छौं । अब सरकारको स्तरबाट मात्र गर्नुपर्ने काम बाँकी छ । मन्त्रालयस्तरमा छलफल गरेर कुन दिनदेखि सञ्चालन गर्ने भन्ने कुराको निष्कर्ष लाग्नेछन्।’

नेतृत्व नभएसम्म आफूले नै मिति तय गर्न नमिल्ने भएकोले रेल सञ्चालनको ठ्याक्कै मिति भन्न नसकिने र राजनीतिक नेतृत्व नै संलग्न हुने बिषय रहेकोले यसमा आफूले चाहेर पनि केही गर्न नसक्ने महाप्रबन्धक भट्टराईले बताए ।

उनले २ सय नेपाली जनशक्तिलाई तालिम दिई तयारी अवस्थामा राखिएको र भारतिय जनशक्ति समेत तयारी अवस्थामा रहेकोले रेल सञ्चालनका लागि जनशक्तिको कुनै समस्या नरहेको जानकारी समेत दिएका हुन् ।औपचारिक रुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालन हुने उनले बताए । भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताएका छन्।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.