प्रदेश २ वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण योध्दा सुरेश शर्मा
अहिले हाम्रो देशमा ‘धर्म निरपेक्षता कि धर्म सापेक्षता” भन्ने कुराले खुबै चर्चा पाएको छ । केहीले भन्छन कि देश धर्म निरपेक्ष नै ठीक छ भने अर्काथरी भन्छन् कि देश हिन्दूधर्म हुनुपर्छ ।केहीले देशमा ईसाई धर्मको गतिबिधि बढिरहेको प्रति र केहीले कट्टर ईस्लामीक धार्मिक गतिविधि प्रति चिन्ता व्यक्त गर्ने गर्दछन् भने कसै कसैले हिन्दूराष्ट्र हुनहुंदैन पनि भन्नेगर्छन।
म भन्न चाहन्छु कि :- सन २०४० सम्म पृथ्वीको तापक्रम ५८० सेल्सियससम्म पुग्ने संभावना छ । यस्तो अवस्थामा जुनसुकै धर्म, सम्प्रदाय वा पक्षधर भए पनि घरबाट निस्किने अवस्था रहने छैन । हिमाली ग्लेशियर पग्लिने छ, खेती र खेती योग्य जमीन, जिवजन्तुको नाश हुनेछ, खानेपानीको हाहाकार मचिनेछ अनी मानवको अस्तित्व नै समाप्त हुने अवस्थामा धार्मिक गतिविधि कसरी गर्नुहुन्छ ?:
तपाईको त्यो धार्मिक गतिविधि जारी राख्न चाहनु हुन्छ भने प्रत्येक व्यक्तिले हालको मनसुनी सिजनमा कम्तिमा पनि २१ गोटा विरुवा अवश्य लगाएर त्यसको संरक्षण गर्नुहोस् ।
यसले गर्दा पर्यावरण संरक्षण भैग्लोबल वार्मिंग रोकिनेछ भने सहज वातावरणमा देशलाई तपाई आफ्नो अनुकूलको धार्मिक वा निरपेक्ष राष्ट्र बनाउनमा सफल हुनुहुनेछ।मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ ।
माॅनसूनको सीजन हो, रुख रोप्न लागि हालौं । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो ।
जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्दछ ।हाम्रा परम्परागत ज्ञान सिप तथा संस्कारले पनि वृक्षारोपणको कार्यलाई राम्रो मान्दछन । वृक्षारोपणको कार्यलाई पुण्यसँग जोडेर समेत समाजमा हेरिने गरिन्छ । वृक्षारोपणले एकातर्फ घाँस, दाउरा, काठ, फलफुल आदिको सहज उपलब्ध गराएको छ भने अर्को तर्फ सारा विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पुर्याएको छ । अहिलेको असार श्रावण यानी माॅनसूनको महिना हो वृक्षारोपण गर्ने उपयुक्त समय हो ।
यो समयमा मानव जीवनलाई हितकारी बनाउने वृक्षारोपणको कार्य गर्न सम्पूर्ण सरोकारवालाहरु एक जुट हुनुपर्दछ । टोल टोलका खाली क्षेत्र, सडक किनारा, पानीका मुहान लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरी पुण्य कमाउने कार्य गर्नुपर्दछ । अहिले हामीले गरेको वृक्षारोपणको कार्यले हाम्रो वातावरणलाई सफा स्वच्छ निर्मल राख्नुका साथै भावि पिंडीका लागी सम्पत्ति बन्दछ ।
लेखक प्रदेश २ वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण योध्दा सुरेश शर्मा ।