
हुलाकी न्यूज, जनकपुरधाम : नेकपा एमालेका माधव पक्षकी सासंद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् भने सासंद झाँक्रीले संसदको पुरा कार्यकाल संचालन गर्न विवेक प्रयोग गरी पक्षमा भोट हाल्ने बताएकी हुन्।
प्रधानमन्त्री देउवाले आज ४ बजे प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि सांसद झाँकीले देउवालाई विश्वासको मत दिनु आफनो कर्तव्य भएको बताएकी हुन् ।
एमालेको माधव पक्षको २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा मुद्दा हालेकाले पनि देउवाको पक्षमा मत दिनुपर्ने उनको दाबी रहेको छ ।



