सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन् ।महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ ।‘ स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्र्याकमा शुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले आइतबार रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाइ भैंसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्र्याकबाट दुरी कायम गरिदिन अनुरोध गरिन्छ ।’ महाप्रबन्धक भट्टराईले उल्लेख गरेका छन् ।
उनले परिक्षणको क्रममा ट्र्याक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने छ ।परिक्षणको विषयमा सुचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेबार हुने रकानुन अनुसार कारबाही समेत गरिनेउनले चेतावनी दिएका छन् ।जिम्मेबार भइदिन जयनगर – जनकपुर – कुर्था खन्डका नागरिकलाई महाप्रबन्धक भट्टराईले अनुरोध गरेका हुन् ।