हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ। बितेको चौबिस घण्टामा देशभर १४ हजार १८२ जनाको जनाको कोरोना परीक्षण गरिएको थियो।

यस संगै पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमित निको भएका छन्।  नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख २८ हजार ४३ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख १२ हजार ३७३ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.