हुलाकी न्यूज, जनकपुरधाम : काठमाडौं जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार २८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समितिको असार २९ गतेको निर्णय अनुसार कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ देखि साउन २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको थियो ।

तर स्वास्थ्य कार्यालयमा हाल मौजुदात रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अर्को सूचना नभएसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको जनस्वास्थ्य प्रशासकका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.