हुलाकी न्यूज, जनकपुरधाम : सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्।
जिल्लाको हरिवन नगरपालिका – २ अत्रौली खोला नजिकबाट एकजनालाई पक्राउ गरिएको र तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।
बिहीबार साँझ विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले ७७ केजी गाँजासहित हरिवनकै ३० वर्षीय अशोक कुमार लामालाई पक्राउ गरेकाे हाे।
बा ५२ प १९३२ नम्बरको मोटरसाइकलमा गाँजा ल्याइरहेको प्रहरीले देखेपछि मकै बारीमा गाँजा फालेर तीन जना फरार भएको र मोटरसाइकल चालक लामा पक्राउ परेको प्रवक्ता बुढाथोकीले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।



